काठमाडौं, २७ मंसिर । कुनै बेलाकी अत्यन्तै व्यस्त नायिकामा पर्ने माओवादी केन्द्रकी नेतृ समेत रहेकी रेखा थापाले पार्टी छाडेर अर्को नयाँ पार्टीमा जोडिने भएकी छिन् ।
गायिका कोमल ओलीका अनुसार अभिनेत्री रेखा थापा सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने छिन् ।
राप्रपाको सिद्धान्त मन परेकाले रेखाले माओवादी केन्द्र छाडेर सो पार्टीमा प्रवेश गर्न लागेको जनाइएको छ ।
अभिनेत्री रेखा थापा बिहान ११ बजे काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा हुने विशेष कार्यक्रममा राप्रपाको सदस्यता लिएर औपचारिक रुपमा पार्टी प्रवेश गर्ने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेर एकाएक चर्चा कमाएकी रेखाले दाहालसँगै नाचेर उत्तिकै चर्चा कमाएकी थिइन् ।
केही समयअघि मात्रै गायिका कोमल ओली पनि कमल थापाको हातबाट पार्टी सदस्यता लिएर राप्रपामा प्रवेश गरेकी थिइन् ।















प्रतिक्रिया