काठमाडौं, २६ मंसिर । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकार गठन भएको झण्डै पाँच महिना वित्नै लाग्दा सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
सम्पत्ति विवरण अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत् सार्वजनिक गर्नेछ ।
मन्त्रिपरिषद् गठन भएको १५ दिनभित्र सम्पति विवरण बुझाउनु पर्ने व्यवस्था भएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेको थिएन् ।












प्रतिक्रिया