४ मंसिर २०८३, शुक्रबार

सरकार संशोधन प्रस्ताव परिमार्जन गरेर एमालेको चित्त बुझाउन तयार छ: बस्नेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shakti-basnet

काठमाडौं, २६ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सरकार तयार रहेको बताएका छन् ।

उनले संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहनु आवश्यक नभएको पनि बताए ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले संशोधन प्रस्तावलाई लिएर संसद र सडक अवरुद्ध गर्न अहिले जरुरी नभएको बताए ।

उनले संविधान संशोधनमा मधेशी मोर्चाले मेरो गोरुको बाह्रै टक्का गर्न नहुने भन्दै अब निर्वाचन गराउनेतर्फ सबैले सोच्नुपर्ने बताए । बस्नेतले भने- ‘कसैले कसैलाई निषेध गर्नुहुँदैन, व्यापक छलफल तथा परामर्श गर्न आवश्यक छ ।’

संविधानलाई सर्वस्विकार्यताको लागि आएको संशोधन प्रस्तावमा छलफल हुनुपर्ने उनको भनाई थियो