गौशाला, २६ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले वर्तमान संविधान पूरै खारेज गर्नुपर्ने बताएका छन् ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले देशका विभिन्न भागमा आन्दोलन चर्किरहेका बेला वैद्य माओवादीले विवादित संविधान खारेजको माग अघि सारेको हो ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले वर्तमान संविधानमा मधेसी, आदिवासी जनजाति, थारु, महिला, मुसलमान, पिछडिएकालगायत कुनै पनि वर्ग र समुदायको उचित र पर्याप्त सम्बोधन नगरिएको जनाउँदे यसलाई संशोधन गरेर मात्र कसैको माग सम्बोधन नहुने बताए । ‘खारेजी नै उत्तम विकल्प हो,’ उनले भने ।
वैद्य माओवादी सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा छ ।











प्रतिक्रिया