काठमाडौं, २६ मंसिर । चीनले मंगोलियामाथि ‘नाकाबन्दी’ लगाएको छ ।
तिब्बती धर्मगुरु दलाई लामालाई मंगोलिया भ्रमण गर्न दिएको विरोधमा चीनले यस्तो कदम चालेको हो । लामा एक साताअघि मंगोलिया भ्रमणमा गएका थिए ।
आम नेपाली जनताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नभुलेका बेला चीनको यो कदमले नेपालीहरुलाई अझै नाकाबन्दीको स्मरण गराइदिएको छ ।
समाचार संस्था अलजाजिराका अनुसार चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको संख्यामा मालबाहक ट्रकहरु रोकिएका छन् ।
र, मंगोलियाको सीमा क्षेत्रमा पनि सयौं सवारी साधन र मालबाहक ट्रक रोकिएका छन् ।

चीनले लामालाई पृथकतावादी भन्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिबन्ध लगाउँदै आएको छ ।
लामा यसअघि भारतको अरुणाञ्चल प्रदेशको भ्रमणमा गएका थिए । त्यसबेला पनि चीनले आपत्ति जनाएको थियो । समाचारमा यो पनि भनिएको छ कि लामाको मंगोलिया भ्रमणमा भारतको सहयोगी भुमिका छ ।
















प्रतिक्रिया