काठमाडौं, २६ मंसिर । इस्लाम धर्मका पैगम्बर (अन्तिम सन्देष्टा) हजरत मुहम्मद सल्लको जन्मोत्सवका अवसरमा सार्वजनिक विदा दिन इस्लाम धर्मगुरुहरूले माग गरेका छन् ।
दर्जन बढी इस्लाम धर्मगुरुहरूले संयुक्त विज्ञप्ति जारी गरेर सरकारसँग भएको पूर्व सहमति अनुसार पैगम्बर हजरत मुहम्मद सल्लको जन्मोत्सवका अवसरमा नेपालमा पनि सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् । हजरत मुहम्मद सल्लको जन्मोत्सव मंसिर २७ गते परेको छ ।
माग पूरा नभए बाँकेका मुस्लिम समुदायले १२ रवीउल अब्बल अर्थात हजरत मुहम्मद सल्लको जन्मोत्सवका दिन आयोजना हुने धार्मिक जुलुसमा हातमा कालोपट्टी बाँधेर विरोध जनाउने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
सार्वजनिक विदाको माग गरेर विज्ञप्ति जारी गर्नेहरूमा मुस्लिम इत्तेदाहा संगठनका उपाध्यक्ष मोहम्मद हारुन हल्वाई, मुस्लीम संघका जिल्ला अध्यक्ष याकुब अन्सारी, मुस्लिम मुक्ति मोर्चाका सहसंयोजक अतहर मुस्लिम फारुकी, हज कमिटीका पूर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मञ्जरी, मदरसा दारुलउलुम गौसेआजमका अध्यक्ष सुफीयान खाँन, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य मेराज हल्वाईलगायत रहेका छन् ।












प्रतिक्रिया