१ कार्तिक २०८३, आइतबार

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

colombiyanओस्लो (नर्वे), २६ मंसिर । पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्तिपुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गर्नुभएको छ ।

उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी डलरको पुरस्कार राशि प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै कम्बोडियाली शान्ति प्रक्रियाको प्रशंसा गर्दै नर्वेली नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख वेरित रेइस एन्डरसनले “पुरस्कार कम्बोडियाली राष्ट्रपति तथा यहाँका जनताको शान्ति प्रक्रियामा भएको योगदानको कदर गर्दै दिइएकोे” बताउनुभयो ।

राष्ट्रपति सान्तोसले कोलम्बियाको फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याई करिब आधा शताब्दीसम्म चलेको द्वन्द्व अन्त्य गर्न गरेको पहल एवम् योगदानका लागि पुरस्कार प्रदान गरिएको हो । – सिन्ह्वा