काठमाडौं । पाँच दशक लामो शिक्षण यात्राका क्रममा आफुले भोगेका र देखेका अनुभुतिहरु समेटेर शिक्षक चुडाप्रसाद चौलागाईले लेख्नुभएको ‘जीवनको अन्तरङ्ग’ कृति शनिबार एक समारोहकाबीच सार्वजनिक भएको छ ।
काभ्रे कोसिपारी कात्तिकेदेउरालीको सबैभन्दा पुरानो विद्यालय प्रभा बहुमुखी क्याम्पसका भुतपूर्व विद्यार्थीहरुको संस्था प्रभा एलुम्नाई एशोसिएसनले प्रज्ञाभवनमा आयोजना गरेको कार्यक्रममा एशोसिएसनका अध्यक्ष विकु लामा, प्रमुख अतिथी शिक्षा मन्त्री डि.आर.पौडेल, विशिष्ट अतिथिहरु काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ, बरिष्ठ साहित्यकारहरु श्रीओम रोदन श्रेष्ठ र छविरमण शिलवालले उक्त पुस्तकको सयुक्तरुपमा लोकार्पन गरेका हुन् ।
आधा सताब्दीदेखि विकट गाँउको प्रभा मिडिल स्कुलदेखि हाल प्रभा बहुमुखी क्याम्पस हुदासम्म अनवरत रुपमा अध्यापन गराइरहनुभएका चौलागाईले जीवनको यही पाटोका अलवा जिवन भोगाई र शिक्षाको ज्योती फैलाउन गरिएका प्रयासहरु पुस्तकमा उर्तानुभएको छ । ४६ शिर्षकमा समेटिएको उहाँको अनुभव १७९ पृष्ठसम्म बगेको छ ।
सोही अवसरमा प्रभा एलुम्नाईले विशिष्ट योगदान पुर्याउने संस्था तथा भुतपूर्व विद्यार्थीहरुलाई सम्मान तथा गतवर्ष एसएलसिमा प्रभा माविबाट विशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरुलाइ छात्रबृत्तिसमेत प्रदान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा डा. नमराज गौतम, दिनानाथ गौतम, काभ्रेपोष्ट साप्ताहिकका प्रधानसम्पादक विष्णु चौलागाई र विकट कोशीपारी एम्बुलेन्स सेवा संचालन गरेर मानविय धर्म निर्वाह गर्ने कात्तिके देउराली समाज दक्षिण कोरिया रहेका छन् ।
















प्रतिक्रिया