२ कार्तिक २०८३, सोमबार

सलमान खानकी भाउजुले रक्सी पिएर गरिन् यस्तो ‘हर्कत’

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaika-salmanमुम्बई । बलिउडका प्रसिद्ध डिजाइनर मनीष मलहोत्राको ५१औँ जन्मदिनका अवसरमा उनका बेस्ट फ्रेन्ड करन जौहरले ग्य्रान्ड पार्टी दिए ।

यो पार्टीमा सलमानकी भाउजू मलाइका अरोडा पनि थिइन् । पार्टीमा अत्यन्त धेरै मदिरा सेवन गरेर मलाइका लडखडाउन थालिन् । उनी लडखडाउन थालेको थाहा पाएपछि पार्टीमा सहभागी अभिनेत्री सोनम कपुरले उनलाई सहयोग गर्न खोजिन् ।

सोनमले हात मात्र के बढाएकी थिइन्, मलाइका तत्कालै भड्किइन् । उनले सोनमलाई भनिन्, ‘मबाट टाढै बस । म आफूलाई सम्हाल्न सक्छु ।’

मलाइकाले यति भनेपछि सोनम त्यहाँबाट टाढा भागिन् । पार्टीमा थप ‘बबाल’ नहोस् भनेर पार्टीका ‘होस्ट’ करन र मनीषले मलाइकालाई पर लगिहाले । – एजेन्सी