२ कार्तिक २०८३, सोमबार

सुदीपले कब्जा जमाए यस वर्षको ‘बेष्ट एरेञ्ज’को उपाधिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudeep-sagar-arenjarकाठमाडौं । युवा एरेञ्जर सुदीप सागरले यस वर्षको बेष्ट एरेञ्जरको अवार्ड पाएका छन् । शुक्रबार सम्पन्न बिन्दबासिनी म्युजिक अवार्डमा सुदीपले यो उपाधिसहितको अवार्ड जित्न सफल भएका हुन् ।

अवार्ड पाएपछि एरेञ्जर सुदीपले आफूलाई साथ दिने सबैलाई स्मरण गरेका छन् । उनले आफूलाई विश्वास गर्ने र काम दिएर सहयोग गर्ने सबैप्रति अभाव व्यक्त गरेका हुन् ।

सुदीपले बेष्ट एरेञ्जको उपाधि ‘तिम्रो संसार उज्यालो भो…’ बोलको गीतबाट जित्न सफल भएका हुन् । योगीतको संगीतकार सन्तोष श्रेष्ठ हुन् ।

गीतमा गायक शिव परियारले स्वर दिएका छन् । डा. अजित शाहको शब्द रहेको यो गीतको म्युजिक भिडियोमा वर्षा राउत र सुनम कठायतको अभिनय छ ।

म्युजिक भिडियो हरि हुमागाइँले छायाँकन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । म्युजिक भिडियोको निर्देशन विधान घिमिरेले गरेका हुन् ।