१९ कार्तिक २०८३, बिहिबार

पयर्टन मन्त्रीद्वारा कार्यसम्पादन सम्झौताको समिक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeevan-shahi

काठमाडौं, २४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सचिव, विभागिय प्रमुख र मन्त्रालयका कर्मचारीहरूसँग भएको कार्यसम्पादन सम्झौताको समिक्षा गरेका छन् ।

मन्त्री शाहीले चालू आर्थिक वर्षका लागि सचिव र विभागिय प्रमुखसँग भएको कार्यसम्पादन सम्झौताको समिक्षा गर्दै सन्तोषजनक रहेको बताए । मन्त्री शाहीले साप्ताहिक रूपमा सचिवसँग भएको कार्य सम्पादन सम्झौताको प्रगति विवरण समिक्षा गर्दै आएका छन् ।

उनले वार्षिक कार्यतालिका बनाएर चालु आर्थिक वर्षको विकास र प्रशासनिक कामलाई आधार बनाएर सचिवसँग कार्य सम्पादन सम्झौता गरेका हुन । मन्त्रीले सचिवसँग र सचिवले महाशाखा प्रमुख र माताहतका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरेको र प्रत्येक हप्ता कार्य प्रगतिको समिक्षा हुने गरेको छ । मन्त्री शाहीले मन्त्रालय अर्न्तगतका राष्ट्रिय गौरव र महत्त्वपूर्ण आयोजनाको कार्य प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै सम्पन्न गर्न गरी लाग्न सबैलाई आग्रह गरेका छन् ।

मन्त्री भए लगत्तै शाहीले विशेष भिजन लागू गर्न र मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउँन कार्य सम्पादन सम्झौता गरेको र त्यसको कार्यान्वयन भयो कि भएन त्यसको चेक गर्नका लागि साप्ताहिक समिक्षा गर्दै आएको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिएँ ।