१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा कुटीकुटी पुरुषको हत्या, एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २४ मंसिर । ललितपुर उपमहानगरपालिका–९ स्थित अशोक पार्टी प्यालेस पाटनढोकामा काम गर्ने बैतडी घर भएका ४५ बर्षीय महेश भट्टको कुटपिटबाट मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई विहीबार च्यासल स्थित नुवाकोट काउले–१ घर भएका ६० बर्षीय शालिग्राम अधिकारीले कुटपिट गर्दा घाइते भएकोले उपचारको लागि वि.एण्ड वि.अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

कुटपिट गर्ने अधिकारीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।