काठमाडौं । नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको घटना ज्यादै चर्चामा आएपछि नायिका एवं नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरले आक्रोश पोखेकी छन् ।
उनले जुत्ता प्रहारको प्रचारलाई एउटा हल्ला मात्र भनेकी छन् । बिहिबार पोखराको पृथ्वीनारायण क्याम्पसमा करिश्मा समेत सहभागी कार्यक्रममा बाबुराममाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार भएपछि बाबुरामको अहिले सर्वत्र चर्चा र आलोचना भइरहेको छ ।
यसैबेला आलोचकलाई कुरै नबुझी हल्ला नगर्न भन्दै करिश्माले फेसबुकमार्फत बाबुरामको बचाउ गरेकी छन् ।
यस्तो छ करिश्माको स्टाटसः
हिजो को घटना ले गर्दा मन मा उठेका कुरा…
किनकी म एउटा कलाकार हुँ । अलि संवेदनशिल छु र स्पष्ट बोल्न मन लाग्छ । र हिजो म पनि त्यहि पृथ्वीनारायण क्याम्पस मै थिएँ र भएको भन्दा बढी नै आयो ।
हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्छ । म जुन क्षेत्र मा तिसौं बर्ष काम गरे तेस क्षेत्रमा पनि प्रतिस्पर्धा थियोे तर धेरै स्वस्थ प्रतिस्पर्धा थियो.. विभिन्न हल्ला र मिडिया बाजि हुन्थे तर पनि एउटा् रेस्पेट थियो ..चलचित्रको मध्यम बाट पनि कलाकारहरुले समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेलेका हुन्छन् । भलै त्यस्को लगि पारिश्रमिक लिन्छन् । लोकतान्त्रिक मुलुकमा जनताले आफुलाई चित्त नबुझेको कुरामा बिरोध प्रकट गर्न पाउँछन् । यो कुन नौलो कुरा हो ? तर एउटा नितान्त सेवामूलक क्षेत्र जसले जनता र देशको लगि काम गर्छ । त्यस क्षेत्रलाई यस्तो हलुका बनाएर जनता सामु र बिश्व सामु ल्याउनु कति बुद्धि मानी हो ? माने हावा नलागी पात हल्लिदैन । तर यस्तो संबेदनशिल बिषयमा लेख्दा अलिकती खोज गरेर लेखिएको भए राम्रो हुन्थ्यो होला । किनभने एउटा मनिसले आफ्नो सम्पुर्ण जीवन खर्चंदै त्यो स्थान हासिल गरेको हुन्छ र त्यसलाई यस्तो हलुका रुपमा ल्याउँदा कस्लाई फाईदा हुन्छ ? यसरी हामीले नयाँ पुस्तालाई कस्तो खाल को सोच दिएर जाने ? सायद यस्तै भएर होला राजनीति र राजनीतिज्ञहरुको बारेमा समाजमा नकारात्मक प्रभाव परेको छ ।
तर सबै लाई एउटै बास्केटमा राख्नु कहाम् सम्म सहि हो ? अनी बुद्धिजीवी हरुले यसलाई जोक बनाएर फेसबुकमा पोस्ट गर्नु कति सहि हो ? हो कछुवाको चालले भएका रजनैतिक परिवर्तन र अस्थिर राजनीति अवस्थाका कारण देश धेरै पछाडी परेको छ । यसमा जनता आक्रोशित हुनु स्वभाविक हो तर यो अवस्था मा केही गर्छु भन्ने हरुलाई उनीहरुको सोचाईको काम गर्ने मौका दिनु पर्छ होला ..
















प्रतिक्रिया