१ कार्तिक २०८३, आइतबार

कम्बोडियामा विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, करिब पचास बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiनोमपेन्ह (कम्बोडिया), २४ मंसिर । भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन् ।

नोभेम्बरको अन्त्यदेखि बिहीबारसम्म १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताउनुभयो ।

उहाँले स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरुले मदिरा पिएका तर मदिरा विषाक्त भएका कारण उनीहरुको मृत्यु भएको बताउनुभयो ।

यस्तै एक घटनामा करिब एक वर्ष पहिला पनि उक्त स्थानमा १९ जनाको मृत्यु भएको थियो भने २०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलु मदिरा पिउने प्रचलन छ । – एएफपी