काठमाडौं, २३ मंसिर । नेपालभरि २१ वटा सामसङका आधिकारिक तथा एक्स्क्लुजिभ शोरुम भएका आइएमएस स्मार्टले काठमाडौंको न्यू रोडमा पाको अवस्थित आफ्नो सामसङ स्मार्टफोन क्याफे फेरि सुरु गरेको छ ।
ग्राहकहरुलाई विश्वस्तरीय शपिङ्गको अनुभव प्रदान गर्नका लागि उक्त स्टोरमा आधुनिक सुविधा तथा संरचनाहरुको राख्ने उद्देश्यले मरमम्तसम्भार कार्यक्रम चलिरहेको थियो । उक्त कार्यको समापन सँगै ब्राण्ड शपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा सँगै कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राद्वारा भएको थियो ।
उक्त अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष दिपक मल्होत्राले बताउनुभयो – “हाम्रो लक्ष्य सधैैं हाम्रा ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्नु रहेको छ । यस मर्मतसम्भार कार्यक्रमसँगै हाम्रा ग्राहकहरुलाई यस्तै विश्वस्तरीय शपिङ्ग अनुभव प्रदान गर्न सक्ने कुरामा हामी विश्वस्त छौं ।

यसै उपलक्ष्यमा ग्राहकहरुलाई थप सुविधा पस्कन र शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले २१ मंसिर, २०७३ देखि २९ मंसिर, २०७३ सम्म पाको शोरुम मार्फत हरेक सामसङ मोबाइल फोनको खरिदमा ६ जी.बी. को निःशुल्क डाटा कार्ड प्रदान गर्ने भएको छ भने अन्य स्टोरहरुबाट ३ जी.बी को डाटा कार्ड प्रदान गर्ने भएको छ ।
आइएमएस ग्रुपको बारेमा
आइएमएस ग्रुप विगत २४ वर्षमा झनै परिस्कृत र विभिन्न क्षेत्रहरुमा डाइभर्सिफाइड हुँदै आएको कम्पनी हो । आइएमएस ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरु पहिल्याउँदा यो वृद्धि झनै देख्न सकिन्छ । हाल, आइएमएस अन्तर्गत १२ वटा कम्पनीहरु रहेका छन् जसमध्ये कोरियाको प्रिमियम एस.यू.भी. उत्पादक साङयङ मोटर्स् भर्खरै आइएमएससँग सम्बद्ध भएको कम्पनी हो ।
















प्रतिक्रिया