– अमरराज पुन
रुकुम, २३ मंसिर । रुकुममा आजबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ ।
दुई दिन सम्म संचालन गरिने आँखा शिविरमा करिब दुई सय जनाको निःशुल्क आँखा अपरेशन गर्न सकिने लक्ष्य राखिएको छ । शिविर संचालन भएसंगै रुकुमका दूर–दराजका विभिन्न गाँउ–गाँउबाट आँखा जाँच गराउन आउनेहरुको समेत बाक्लो भिड लागेको छ ।
शिविरमा सामान्य आँखा परिक्षण देखी अपरेशन सम्मको सुबिधा गरिएकोे आयोजक निकायले बताएको छ । रुकुममा आँखाको बिरामी धेरै भएपछि निःशुल्क रुपमा शिविर सञ्चालन गरिएको राप्ती आँखा अस्पतालका शालिकराम गौतमले बताउनुभयो । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राबिधिक सहयोग तथा जिल्ला आँखा उपचार केन्द रुकुम र लायन्स क्लव अफ रुकुम राप्तीको आयोजनामा उक्त शिविर संचालन गरिएको हो । आँखा शिविर संचालनको लागी बिभिन्न निकायले जिल्लाभरी प्रचार–प्रसार गरेर सहयोग गरेको आयोजकको बताएको छ । शिविर संचालन हुनुपुर्व जिल्लाका ग्रामिण स्तरमा समेत पुगेर समेत आँखा शिविरबारे जानकारी गराइएको थियो ।
आँखा शिविरको बारेमा समुदायका लागी स्वास्थ्य, शिक्षा तथा संचार केन्द्र नेपालले समेत प्रचार–प्रसारको काम गरेको थियो । शिविर सुरु भएसंगै आँखाका बिरामीको भिडभाड पहिलेको तुलनामा भन्दा यस वर्ष निक बढी भएको बताईएको छ ।
कार्यक्रमको उद्घाटन नेत्र बिषेशज्ञ मोनिका कर्मचार्यले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पताल दांङका प्रशासन सहायक जसराज बिकले गर्नुभएको थियो । रुकुममा प्रत्येक वर्ष आँखा शिविर संचालन हुँदै आईरहेको छ ।













प्रतिक्रिया