काठमाडौं, २३ मंसिर । बेलायतस्थित लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय र इस्लिङटन कलेजबीच नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न विषयमा सम्झौता भएको छ ।
मेट्रोपालिटियन विश्वविद्यालयका उपकुलपति प्राडा जोन र्याफ्टरी र इन्फोम्याटिक्स कलेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत शुलभ बुढाथोकीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । बिहीबार आयोजित कार्यक्रममा विभिन्न चार विषयमा सम्झौता भएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति र्याफटरीले नेपालको शिक्षा विकासमा इस्लिङटनले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाले विश्वप्रसिद्ध विश्वविद्यालयले नेपालको इस्लिङटन कलेजसंग साझेदारी गर्न पाउदा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले गरेको यो साझेदारी नेपालको शैक्षिक उन्नतिका लागि कोसेढुंगा सावित हुनेछ ।’ उहाँले इस्लिङटन कलेजले ६ वर्ष लामो साझेदारीलाई उत्कृष्ठ स्थानमा पुर्याउन सफल भएको कारण केही साझेदारी गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले सम्झौतापछि कलेललाई थप जिम्मेवारी आएको बताउदै अबको दिनमा थप शैक्षिक विकास गर्दै जाने उल्लेख गर्नुभयो । उहाँले बेलायतको शिक्षा लिएका विद्यार्थीले नेपालमै उल्लेख्य प्रगति हासिल गर्न सफल रहेको जानकारी गराउदै अबको दिनमा कलेको अध्यापनमा थप उत्कृष्ठता प्रदान गर्दै जाने बताउनुभयो ।
‘हामी यो चाहन्छौ कि यस कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नै देशमा सेवा गरुन । हाम्रो र विश्वविद्यालयको चाहना पनि यस्तै रहेको छ,’ सम्झौतापत्रमा हस्ताक्षर गर्दै उहाँले भन्नुभयो ।
विश्वविद्यालयको सम्बनधनमा आगामी शैक्षिक सत्रबाट इस्लिङटन कलेजले स्नातक तहको मोवाइल एप्लिकेशन डेभलपमेन्ट तहको कक्षा संचालन गर्ने,न्युनतम योग्यता पुरा गरेका सम्पूर्ण विद्यार्थीलाई सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययन गर्न ७५ प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ । यो तह अध्ययनका लागि विश्वविद्यालयले ५० प्रतिशत छात्रवृति, बाँकी मध्ये कलेजले २५ प्रतिशत छात्रवृति दिने र बाकी २५ प्रतिशत शुल्क विद्यार्थीले बेहोनुपर्ने छ । यो कार्यक्रम आगामी शैक्षिकसत्रबाट शुरु हुने सम्झौतामा उल्लखे गरिएको छ ।
कलेज र विश्वविद्यालयले एकिकृत पाठ्क्रम तयार गरी एमविबए तहको अध्यापन शुरु गर्नेछ । विश्वविद्यालयले लन्डन र इस्लिङटनले कलेजमा भर्ना लिएर अध्यापन गराउने छन् । सो तह अध्ययन गर्न केही समयका लागि नेपालको विद्यार्थी लन्डन र लन्डनको विद्यार्थी नेपाल आउनुपर्ने छ उल्लेख गरिएको छ ।
त्यस्तै नेपाली र लन्डनका प्रध्यापकको संयुक्त सुपरभिजनमा नेपाली विद्यार्थीले नेपालमै बसेर विभिन्न क्षेत्रमा विद्यावारिधी (पिएचडी) तहको अध्ययन गर्न पाउनेछन् । विद्यावारिधी (पिएचडी) गर्न चाहने विद्यार्थीले नेपालमै अध्ययन र सोधकार्य गरी अन्तिम वर्षको अध्ययन र मुल्याङकनको लागि मात्र विश्वविद्यालय जानुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।













प्रतिक्रिया