१९ कार्तिक २०८३, बिहिबार

कडा सुरक्षाबीच प्रचण्डलाई धनगढीमा कालोझण्डा देखाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

black-flag-prachand

धनगढी, २३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुका नेताहरूले कैलालीमा कालोझण्डा देखाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार विहान साढे ९ बजे धनगढीको साथी होटलबाट निस्किने क्रममा कडा सुरक्षाका बीच युवा संघ र अनेरास्ववियुका २ जना युवाले एलएन चौकमा कालोझण्डा देखाएका हुन् ।

प्रम एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड अत्तरिया नगरपालिका गेटामा आयोजित पार्टीको प्रदेश नम्बर ७ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाँदै थिए । त्यही क्रममा एलनएन चौकमा पुगेका एमाले समर्थीत युवाहरूले प्रचण्डविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका थिए । प्रम प्रचण्डलाई कडा सुरक्षाका बीच गेटा पुर्याइएको थियो ।

बुधबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रचण्डलाई कार्यक्रम स्थल प्रवेश गर्न नदिने भन्दै एमाले र जनमोर्चाले धनगढी बन्द आह्वान गरेको थियो । सोही क्रममा नेता कार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरीले दमन गरेको भन्दै एमाले र जनमोर्चाका युवा–विद्यार्थी संगठनले बिहीबार कैलाली बन्दको आह्वान गरेका छन् ।