१९ कार्तिक २०८३, बिहिबार

स्व. पत्रकार बोहराको पुण्य तिथिमा श्रद्धान्जली सभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karna

महेन्द्रनगर, २३ मंसिर । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्बतमान अध्यक्ष तथा पश्चिम नेपाल पत्रिकाका सम्पादक तथा पश्चिम नेपाल रेडियोका प्रबन्ध निर्देशक स्व पत्रकार कर्ण बोहराको १३औँ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा गरिएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ कञ्चनपुरले उनको १३ औँ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा गरेको हो । सभामा पत्रकार बोहराको फोटोमा माल्यापर्ण गर्दै उनीप्रति गहिरो समवेदना प्रकट गरेका छन् । सभामा संमवेदना दिने अधिकाँस वक्ताहरुले पत्रकार बोहरा गुमाउनु पर्दा सुदूरलाई अतुलनिय क्षति भएको बताएका छन् । गर्भे टुहुरुका समेत रहेका पत्रकार बोहराले कडा संघर्ष, मेहनत गरेर सुदूरको विकासमा योगदान पुर्याएको टिप्पणी गरेका छन् ।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघ कैलाली कञ्चनपुर च्याप्टरका अध्यक्ष हेम बिक्रम थापा, यातायात व्यवसायी होम बहादुर कुँवर, निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष निरन्जन प्रशाद भट्ट, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्षद्वय कर्णदेव भट्ट, चित्राङ्ग थापा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामसिंह ठगुन्ना, थारु नागरिक समाजका अगुवा बल बहादुर ढगौँरा, अधिवक्ता पुनम चन्द, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्षद्वय हरि प्रशाद बोहरा र युवराज घिमिरेले समेत गहिरो समवेदना प्रकट गर्दै उनीप्रतिको सच्चा समवेदना प्रकट गर्न उनका बाँकी कार्यभार, उनको सम्झनामा अक्षयकोष स्थापनाका साथै धर्मपन्तीको उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीले पत्रकार बोहरा गुमाउनु पर्दाको क्षण अत्यन्तै नरमाईलो भएको भन्दै उनकी धर्मपत्तीको उपचारका लागि महासंघले अभियान संचालन गरेको बताए । उनका अनुसार बुधबार बिहान सम्ममा देश विदेशबाट आर्थिक सहयोग आएको छ । अमेरिकाबाट अनिता केसीले १० हजार, ८ सय ६ रुपौँया, दुवैबाट नविन नेगी र कर्ण ठकुरीले ६हजार सहयोग गरेको बताए । अध्यक्ष तिवारीका अनुसार उनको परिवारको उपचारका लागि थप सहयोग आउने समेत बताए ।

यसैविच कञ्चनपुरका राजनीतिक दलहरुले समेत उनीप्रति गहिरो समवेदना प्रकट गर्दै धर्मपत्नीको उपचारका लागि आ–आफ्नो पार्टीबाट सक्दो सहयोग गर्ने बचन दिएका छन् । काँग्रेस नेता चक्र्र महता, एमाले सचिव सुरेन्द्र विष्ट, राष्ट्रिय जनमोर्चाका नेता लोकेन्द्र लम्साल, मालेका नेता शंकर दत्त बोगटीले उपचारका लागि सक्दो सहयोग गर्ने बचन दिएका छन् । सभामा सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

फारवेष्ट दैनिक र सार्थक साप्ताहितको स्व.पत्रकार बोहराको परिवारलाई आर्थिक सहयोग

कञ्चनपुरको महेन्द्रनगरबाट प्रकासित हुने फारवेष्ट दैनिक र सार्थक साप्ताहिक पत्रिकाले स्व पत्रकार कर्ण बोहराकी धर्मपत्ती महताको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको स्व.पत्रकार बोहराको १३औँ दिनको पुण्यतिथीको श्रद्धान्जली सभामा फारवेष्ट दैनिकका प्रधान सम्पादक कर्ण बोहरा र सार्थकका सम्पादक हरि प्रशाद जोशीले ५–५हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद समेत रहेका पत्रकार भट्टले बोहराको स्मरण गर्दै आफ्नो दैनिक पत्रिकाबाट उनकी परिवारको उपचारका लागि उक्त रकम महासंघ कञ्चनपुरमार्फत दिने बताएका थिए । पत्रकार बोहरको स्मरण गर्दै उनको संघर्षको चर्चा गरे ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष समेत रहेका पत्रकार जोशीले पनि स्व पत्रकार बोहराको काम राम्रो भएको भन्दै टिप्पणी गरेका छन् ।

यस्तै नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गले पनि पत्रकार बोहराकी धर्मपत्तीको उपचारका लागि चिया खर्च घटाएको भन्दै पाँच हजार, ४ सय ७५ रुपैयाँ दिने घोषणा गरेका छन् । कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले पत्रकार गुमाउनु गर्दा अतुलनिय क्षति भएको बताएका छन् ।