१९ कार्तिक २०८३, बिहिबार

धनगढी घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण

13.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-office

काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्तावविरुद्ध कैलालीको सदरमुकाम धनगढीमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारकातर्फबाट बल प्रयोग भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा एमालेलगायतका राजनीतिक दलले आयोजना गरेको विरोध कार्यक्रममा सरकारका तर्फबाट बल प्रयोग गर्दा घाइते भएकाहरुको अविलम्ब उपचार गर्न र गिरफ्तारीमा परेकाहरुलाई अविलम्ब रिहा गर्न माग पनि गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्धारित कार्यक्रमलाई प्रभावित पार्न विरोधमा उत्रिएको स्थानीय प्रशासनले एमाले र जनमोर्चाका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

विरोध प्रदर्शनका क्रममा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको र प्रदर्शनकारीहरुमाथि प्रहरीबाट कुटपिट हुँदा आठजना घाइते भएको एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताए ।

yogesh-bhattrai