ललितपुर, २२ मंसिर । संविधान संसोधनको विधेयकको विरुद्धमा आज ललितपुरका युवा विद्यार्थीहरुको विशाल जुलुशले बजार परिक्रमा गर्नुका साथै मंगलबजारमा कोणसभा गरेका छन् ।
युवा संघ ललितपुरको आह्वानमा लगनखेलबाट सुरु भएको विरोध प्रदर्शनमा स्थानीय वासिन्दाहरुको समेत सहभागिता भएपछि जुलुश मंगलबजारतर्फ पुगेको थियो ।
मंगलबजारमा आयोजित कोणसभामा संसदमा दर्ता भएको संविधान संसोधन विधेयक तत्काल फिर्ता लिनुपर्ने, ०७४ माघ ४ अगावै सबै तहका निर्वाचनहरु गर्नुपर्ने लगायतका मागहरु राखिएका थिए । प्रदर्शनलाई नेकपा एमाले ३ नं प्रदेश कमिटि सदस्य मधुसूदन पौडेल र जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले सम्बोधधन गरेका थिए ।
जनताको भावना विपरित संविधानको संसोधन र प्रदेशको फेरबदलले विखण्डनवादी सोच प्रष्ट भएको बताउँदै संसोधन फिर्ता नहुञ्जेल आन्दोलन जारी रहने बताएका छन् । प्रदर्शनमा नेकपा एमाले ललितपुरले जनसमुदायमा आन्दोलनप्रतिको ऐक्यबद्धताको अपील समेत गरिएको थियो ।
यस्तो छ अपील ।
स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमिति तय गर ।
जनघाती, विखण्डनकारी संविधान संसोधनखारेज गर ।।
आदरणीय न्यायप्रेमीजनसमुदाय
सदियौंदेखिको नेपाली समाजमा सामन्ती राज्यसंयन्त्रकाकारण सिर्जनाभएको पछौटेपनलाई अन्त्यगर्दै जनताको सहभागितामाभएको जनआन्दोलनमार्फत निर्माण गरिएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमायतिबेला आक्रमणको सुरुवातभएको छ ।
समावेशी संविधानको निर्माणले आदिवासीजनजाती, अल्पसंख्यक, मुश्लिमलगायतका सम्पूर्ण उपेक्षितवर्गको अधिकार सुनिश्चितभएको यो संविधानलाई संरक्षण गर्दै कार्यान्वयनमालाग्नुपर्ने बेलामा सत्तारुढ दलसहित सरकारकै तर्फबाट संसोधन प्रस्तावआउनु गम्भिर आपत्तिको विषयभएको छ । निर्वाचनबाट दोश्रो ठूलो दलको रुपमानिर्वाचित पार्टी नेकपा (एमाले)संग सहमतिनभैकन छापामार शैलीमामध्यराती संविधान संसोधनविधेयकदर्ता गरी अन्यौलता सिर्जना गरेको छ ।
लोकतन्त्रको अभिन्नअंगको रुपमा परिभाषितनिर्वाचननहुँदाअन्यौलता र अस्थिरताको मार खेपिरहेका नेपालीजनताले स्थानीयनिकायको निर्वाचनमा सहभागीहुननपाएको नै २० वर्षभईसकेको छ । यसरी लोकतन्त्र र जनताको शासन सुस्ताएको बेलामानिर्वाचनको तालिका सम्म सार्वजनिक गरेको सरकारलाई ढालेर बनेको नयाँ सरकारले संविधानले तोकेको प्राथमिकतालाई बेवास्ता गरेर संसोधन प्रस्तावआउनु लोकतन्त्रलाई छायाँमा पार्ने षड्यन्त्रहो । संविधानले नै संघीयतालाई अधिकारसम्पन्नबनाउनप्रदेशलाई दिएको अधिकारसमेत केन्द्रले तानेर संविधान संसोधनगर्ने र प्रदेशको सीमाबदल्ने प्रयास संघीयतालाई कमजोर बनाउने षड्यन्त्र र संविधानको ठाडो उल्लंघन हो । अझ संसोधन प्रस्तावमामधेस र पहाडलाई अलग्याउने योजनाबनाउनु, एउटै राष्ट्रभित्र बहुराष्ट्रियताको वकालतगर्नु लगायतका विखण्डनकारी योजनाहरुले न्यायप्रेमी नेपाली समुदायलाई झस्काएको छ । महिला, दलित, जनजाती, मुश्लिमलगायतका ९० प्रतिशतभन्दा बढी सभासदको हस्ताक्षरमा जारी भएको संविधानलाई नस्वीकार्दै नाकाबन्दीसमेत लगाएको विदेशीशक्तिकेन्द्रले अहिलेको संसोधनलाई स्वागतगर्दै वक्तव्यजारी गर्नुले यो संविधानकार्यान्वयनगर्न नदिने र अस्थिरताचाहनेको स्वार्थ प्रष्टिएको छ ।
संविधानकार्यान्वयनगर्दै राजनीतिक स्थिरता हुँदै समृद्धिको बाटोमाजानु अत्यावश्यक यस समयमाविदेशीप्रतिक्रियावादी षड्यन्त्रको शिकार भएर सिर्जनागरिएको राजनीतिकअन्यौलतालाई अन्त्यगर्न सम्पूर्ण नागरिक समुदायको ऐक्यवद्धताको अपेक्षागर्दछौं । संसदमादर्ता गरिएको संसोधन प्रस्तावलाई तत्कालफिर्ता लिएर तीनवटै तहकानिर्वाचनको मिति घोषणा गर्न सरकारसंग मागगर्दछौं ।
संविधान संसोधनफिर्ता गर ।
संघीयता सहितको निर्वाचनकार्यान्वयन गराउन स्थानीयनिकाय, प्रदेश र संघीय संसदको निर्वाचनको मिति घोषणा गर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले),
जिल्ला कमिटि ललितपुर













प्रतिक्रिया