१९ कार्तिक २०८३, बिहिबार

राजनीतिसँगै समाजसेवामा नेविसंघ नेता श्रेष्ठ, छोरीको जन्मदिनमा असहाय विद्यार्थीलाई सहयोग

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shran-shresta

काठमाडौं, २२ मंसिर । नेपाल विद्यार्थी संघका नेता शरण श्रेष्ठले आफ्नी छोरीको जन्मदिनमा अनाथ र असहाय विद्यार्थीलाई सहयोग गरेका छन् ।

बुङकोट निबासी हाल गोरखा सदमुकाम बस्दै आएका नेविसंघ जिल्ला सचिव श्रेष्ठ र उनकी श्रीमती सजना श्रेष्ठले छोरी सायनाको जन्म भएको १ बर्षको पुगेको अवसरमा गोनपा– १ स्थित छहरेमा रहेको श्री बाल मन्दिर माविका अनाथ र असहाय २० जना बिद्यार्थीलाई बुधबार सुईटर र खानेकुरा बितरण गरेका हुन् ।

shran-shresta-1

जन्मदिनमा पार्टी गरेर फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकालाई थोरै भएपनि सहयोग गर्दा उनीहरु खुसी हुने, समाजसेवा पनि हुने र यसले आफूहरुलाई सन्तुष्टि मिल्ने नेता श्रेष्ठले बताए ।

विद्यार्थी राजनीतिसँगै विगत १०–१२ बर्षदेखि निरन्तर समाजिक कार्यमा सक्रिय श्रेष्ठ हाल नेविसंघ गोरखाको सचिव हुन् । यस्तै, गोरखाका बिभिन्न संघ सस्थामा आबद्ध श्रेष्ठ हाल गोरखा उद्योग बाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका छन् ।