१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री आउनैलाग्दा एमालेद्धारा धनगढी बन्द, नेता कार्यकर्ता सडकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadhi-band

धनगढी, २२ मंसिर । संविधान संशोधनको विरोधमा आन्दोलनमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कैलाली सदरमुकाम धनगढी बन्द आह्वान गरेको छ ।

आजदेखि धनगढीमा सुरु हुने सुदूरपश्मिाञ्चल महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनै लाग्दा एमालेले राष्ट्रघाति संविधान संशोधनको प्रस्ताव ल्याउने प्रधानमन्त्रीलाई रोक्न दिउँसो १२ देखि ४ बजेसम्मका लागि धनगढी बन्द गरेको हो ।

एमाले कैलालीका सचिव रणबहादुर चन्दका अनुसार संशोधन प्रस्तावको विरोध गर्दै आएका अन्य दलको समर्थनमा एमालेले बन्द गरेको बताए । एमालेले बन्द आह्वान गरेपछि अहिले धनगढी बजार बन्द रहेको छ । नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

एमालेको बन्दका बीच दाङ पुगेर राप्ती पुलको शिलान्यास गरेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै सुदूरपश्चिमको धनगढी आउने कार्यक्रम छ ।