४ मंसिर २०८३, शुक्रबार

परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लियो, संशोधनको विपक्षमा उभिने

24.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-pariwar-dal-ek-nath-dhakalकाठमाडौं, २२ मंसिर । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संविधान संशोधनको विपक्षमा उभिने निर्णय गरेको छ ।

परिवार दलद्वारा जारी प्रेस नोट अनुसार संविधान संशोधन प्रस्तावलाई यथाअवस्थामा समर्थन गर्न नसकिने जनाएको हो ।

मंगलबार पुरानो बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संशोधनको विपक्षमा उभिने निर्णय गरेको जनाइएको छ । परिवार दलका दुई सांसद छन् ।

kp-oli-ek-nath-dhakalसरकारले अगाडि सारेको संशोधन प्रस्तावलाई परिवार दलले बिबादास्पद भन्दै आलोचना गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमालेका अध्यक्ष केपी ओलीलाई भक्तपुरको बालकोटमा पुगेर भेट गरेका थिए ।

त्यसलगत्तै बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संशोधनको विपक्षमा उभिने निर्णय गरेको थियो ।