१ कार्तिक २०८३, आइतबार

तामिलताडूका मुख्यमन्त्री जयललिताको निधनमा लाखौं भारतीयद्वारा शोक प्रकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jayalalita-4

चेन्नाई (दक्षिण भारत), २१ मङ्सिर । भारतकी सुप्रसिद्ध नेत्री तथा पूर्वनायिका जयराम जयललिता ‘अम्मा’ को निधनपछि लाखौं भारतीय नागरिकले उहाँको निधनमा शोक प्रकट गर्दै मङ्गलबार दिनभर दक्षिण भारतको चेन्नाईमा पुगी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय राज्य तामिलनाडूकी मुख्यमन्त्री जयललिताको मृत्युपछि विशेष विमानमार्फत चेन्नाई पुग्नुभई उहाँप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । उक्त अवसरमा प्रधानमन्त्री मोदीले जयललिताको निधनले भारतीय राजनीतिमा ठूलो रिक्तता आएकोबताउनु भयो ।

jayalalita-1

भारतीय राजनीतिमा ‘अम्मा’ उपनामले चिनिने तामिलनाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति मुटुसम्बन्धी समस्याको उपचारका क्रममा निधन भएको थियो । तामिलनाडूकी मुख्यमन्त्रीको निधनप्रति भारतीय राजनीतिज्ञ, समाजसेवी, वुद्धिजिवी, लगायत उहाँका प्रशंसकले उहाँको मृत शरिर राखिएको चेन्नई पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने चेन्नाई पुग्न सम्भव नभएकाहरुले सामाजीक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमबाट अन्तिम सम्मान प्रकट गनुभएको थियो ।

उहाँलाई अन्तिम बिदाई गर्न लाखौँ भारतीय मङ्गलबार उहाँको शवयात्रामा सामेल भएका छन् ।

jayalalita-2

उहाँप्रति अन्तिम सम्मान व्यक्त गर्ने शुभचिन्तकको भीडलाई व्यवस्थित गर्न सयौँ प्रहरी अधिकारीलाई परिचालित गरिएको छ भने हजारौँ शोकाकुल शुभचिन्तकले उहाँप्रति सम्मान व्यक्त गर्न सडकमा उपस्थित भई फूलमाला चढाएका थिए । लाखौँ मानिस शवयात्रामा सामेलसमेत भएका थिए ।

यसअघि भारतीय केन्द्रीय संसद नयाँ दिल्लीमा सभासदले निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरेका थिए ।

jayalalita-3

जयललिताको निधनमा भारतको केन्द्र सरकारले एक दिन राष्टिय शोकको घोषणा गरेको छ । ‘अम्मा’ को राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने यहाँको गृहमन्त्रालयले जनाएको छ ।

लमिलनाडू सरकारले मुख्यमन्त्री जयललिताको निधनपछि तामिलनाडूमा सात दिन शोक मनाउने घोषणा गरेको छ । सरकारले उक्त राज्यमा तीन दिनको शोक बिदाको घोषणा गरेपछि यहाँका विद्यालय, क्याम्पस, विश्वविद्यालय, सरकारी कार्यालयलगायतका सङ्घसंस्था मङ्गलबारदेखि नै बन्द भएका छन् ।

India Obit Jayalalithaa

पाँच पटकसम्म तामिलनाडूकी मुख्यमन्त्री बन्नुभएकी जयललिताको निधनपछि सयौँ राजनीतिक नेता, सिने कलाकार तथा प्रशंसक उहाँप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न चेन्नाई पुगेका थिए ।

अठसठ्ठी वर्षीया प्रसिद्ध नेत्री गत सेप्टेम्बरमा शरीरमा डिहाइड्रेसन, श्वासप्रश्वास तथा ज्वरोलगायतका समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

लगातार चिकित्सकको नजिकमा रहेर सेवा लिइरहनु भएकी उहाँको सोमबार राति ११ः३० बजे निधन भएको उहाँको उपचारमा संलग्न चेन्नाईस्थित एपोलो अस्पतालका चिकित्सकको टोलीले घोषणा गरेको थियो । – एपी