महेन्द्रनगर, २१ मंसिर । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको निधन भएको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ ।
पत्रकार महासंघ कञ्चनपुरद्धारा बुधबार जिल्ला विकास समितिको सभाकक्षमा आयोजित श्रद्धाञ्जली सभामा सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, उद्योगी, ब्यवसायी, ब्यापारी तथा शुभेच्छकहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको अध्यक्ष लक्ष्मण तिवारीले बताए ।
‘अल्पायुमै स्वर्गवास हुनुभएका हाम्रा निवर्तमान अध्यक्ष कर्ण बोहराको १३ औं दिनको पुण्य तिथिमा बृहत श्रद्धाञ्जली सभा हुँदैछ । यो क्षेत्रका सबैलाई बोलाएका छौं,’ अध्यक्ष तिवारीले भने- ‘उहाँका परिवारका लागि सहयोग जुटाउने प्रयास पनि हो ।’
पत्रकार बोहराको मंसिर १० गते ३६ वर्षको उमेरमा काठमाडौंको भेनस हस्पिटलमा निधन भएको थियो ।












प्रतिक्रिया