दाङ, २१ मंसिर । संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार दाङ बन्दको आह्वान गरेको छ ।
बुधबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राप्ती नदीको पुल शिलान्यास गर्न दाङ आउने कार्यक्रमका बीच यसको पूर्वसन्ध्यामा एमालेले जिल्ला बन्दको घोषणा गरेको हो ।
पूर्वपश्चिम राजमार्गमापर्ने सिसहनियाँ गाविस र कालाकाटे–गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महदेवा गाउँलाई जोड्ने पुलको शिलान्यास कार्यक्रममा दाङ आउन लागेका प्रधानमन्त्रीलाई एमालेको बन्दले प्रभावित पार्ने देखिएको छ ।
सरकारले संससदमा दर्ता गरेको संविधा संशोधनको प्रस्तावको विरोधमा एमालेले देशव्यापी विरोध घोषणा गरेको र सो अन्र्तगत नै बन्द घोषणा गरिएको एमाले दाङले जनाएको छ ।
एमालेको बन्द घोषणासँगै प्रधानमन्त्रीको दाङ भ्रमण हुने वा नहुने अन्यौल बढेको छ ।













प्रतिक्रिया