४ मंसिर २०८३, शुक्रबार

हिन्दी भाषामा कुरा नमिलेपछि संघीय गठबन्धनद्धारा कांग्रेसको प्रस्ताव अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-meeting-janajati-netaकाठमाडौं, २१ मंसिर । भाषामा कुरा नमिलेपछि सत्तारुढ नेपाली कांग्रेस र संघीय गठबन्धनका आदिवासी जनजाति र मगर नेताहरूवीचको वार्ता निष्कर्षविहीन बनेको छ ।

मंगलबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा संविधान संशोधन प्रस्तावबारे भएको छलफलमा गठबन्धनमा आबद्ध जनजाति नेताहरूले अहिलेकै संशोधन प्रस्तावमा हिन्दीसहितका मातृ भाषालाई समेटेर सम्पर्क भाषाका रुपमा संविधानमा मान्यता दिनुपर्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए । त्यसपछि आदिवासी जनजाति नेताहरूले मातृ भाषालाई भाषा आयोगबाट टुंग्याउने प्रस्ताव कुनै हालत स्वीकार्न नसकिने बताउँदै आयोग होइन् संशोधनबाटै अहिले नै हिन्दीसहितका मातृ भाषालाई सम्पर्क भाषाका रुपमा संविधानमा मान्यता दिनुपर्ने अडान लिएका थिए ।

congress-meetingस्रोतका अनुसार जवाफमा देउवाले ‘तपाईहरूको मागप्रति म सकारात्मक छु’ भनेका थिए । ‘यो विषय टुंग्याउनुभन्दा पनि अहिले मिलेर जाऔं । पछि संघीय आयोगबाट मिलाउनुपर्छ । सबै दललाई मिलाएर जानुपर्छ । तपाईहरु अहिलेलाई अलिकति लचक हुनुस्’, देउवालाई उदृत गर्दै स्रोतले भन्यो । देउवाको यो आग्रहलाई जनजाति नेताहरूले धेरै महत्व नदिएको बुझिएको छ ।

सीमाकंन, नागरिकता, समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, मुख्य सचेतक चिनकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए । संघीय गठबन्धनबाट अशोक राई, राजेन्द्र श्रेष्ठ, भानुराम चौधरी लगायतको उपस्थित थियो ।