१९ कार्तिक २०८३, बिहिबार

पाँच नम्बर प्रदेशको टुक्राउने प्रस्तावविरुद्ध गुल्मीमा उल्टो जुलुस प्रदर्शन (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aandolan-gulmi-1

– अनिल खत्री

गुल्मी, २१ मंसिर । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलित गुल्मीका जनताले मंगलबार सदरमुकाम तम्घासमा उल्टो जुलुस प्रदर्शन गरेका छन् ।

सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा सातौं दिन उल्टो जुलुस प्रदर्शन भएको हो ।

सरकार संबिधान कार्यान्वयन गर्नुको सट्टा संबिधान संशोधनमार्फत उल्टोबाटो हिडेकोप्रति खबरदारी गर्नभन्दै सदरमुकाम तम्घासमा उल्टो जुलुस प्रदर्शन गरिएको हो । उल्टो जुलुसमा अन्दोलनरत सरकार पक्ष र प्रतिपक्ष सबैदलहरुका प्रमुखसहित सयुक्त अन्दोलन समिति गुल्मीले तम्घासको लकुरी मञ्चबाट बजारका बिभिन्न ठाउँमा आन्दोलनकारी उल्टो हिडेर प्रदर्शन गरेका थिए ।

aandolan-gulmi

जनताको भावना विपरित ल्याइएको सीमांकन हेरफेर फिर्ता नल्याएसम्म आन्दोलन जारी रहने संयुक्त आन्दोलन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ७ दिनदेखि गुल्मी अनिश्चित कालिनबन्द हुदै आएको छ ।

बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । बन्दको अबज्ञा गरेको भन्दै गुल्मीको बिभिन्न ठाउबाट जिप, मोटसाइकल, बस गरि डेढदर्जन सवारी साधन नियन्त्रणमा लिएका छन् । बन्दको समयमा सवारी चलाएको भन्दै उनिहरुले उक्त सवारी साधनको चापी नियन्त्रणमा लिएका छन् ।

विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा मंगलवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । सरकारी कार्यालयमा धर्ना पछी बजारमा प्रर्दशन समेत गरिरहेका छन् ।

aandolan-gulmi-_2

आन्दोलनलाई थप अराजक बन्न नदिनको लागि स्वयसेवक दल समेत गठन गरिएको छ । आन्दोलन अवधिभर कुनै पनि राजनितीक दलको झण्डा प्रयोग नगर्ने र राष्ट्रिय झण्डा प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ । बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द नगरिएको संयुक्त आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताए । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् ।

जिल्लाका राजनीतिक दल, एवं भातृ संघ संगठन, गैरसरकारी संघसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । संविधान प्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेयले बताए ।