४ मंसिर २०८३, शुक्रबार

सभापति देउवाद्वारा सहमति खोज्दै, उपेन्द्र यादवसँग परामर्श हुँदै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sherbahadur-deuba-congressकाठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा पछिल्लो समयमा देखिएको राजनीतिक गतिरोध अन्त्यको प्रयास स्वरुप परामर्श गर्दै छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले केही समयपछि सभापति देउवाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यदवसहितका नेताहरूसँग परामर्श गर्न लाग्नुभएको हो । सभापति देउवाका कानून सल्लाहकार केवराज जोशीका अनुसार भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुन सक्ने बताए ।

संविधान संशोधनका विषयमा दलहरूवीच खिचातानी भइरहेका बेला सभापति देउवाले संघीय फोरमका अध्यक्ष यादवसहितका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।