४ मंसिर २०८३, शुक्रबार

सरकारविरुद्ध भैरहवामा हजारौं जनता सडकमा, कांग्रेस र माओवादी पनि उत्रिए (फोटो फिचर)

25.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rally-agnaist-govenrment-in-bhairahwa-4

– नरेश केसी

भैरहवा, २१ मंसिर । सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको भन्दै विगत एक हप्तादेखी चलेको आन्दोलनको उत्कर्ष रुप आज भैरहवामा देखिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघले आज मंगलबार भैरहवामा ५ नम्बर प्रदेश टुक्राएको विरोधमा आह्वान गरेको जनप्रदर्शनमा हजारौ मानिसहरुको सहभागिता देखिएको छ । अहिले भैरहवा बजार ‘हमाल पहाड तराई , कोही छैन पराई, ५ नम्बर प्रदेश टुक्राउन पाइदैन, राष्ट्रघाति विधेयक चाइँदैन’ भन्दै लगाइएका गगन भेदी नाराले गुन्जायमान भइरहेको छ ।

र्यालीको अग्रभागमा सिद्धार्थ उद्योग वाणिज्य संघको ब्यानर रहेको छ भने त्यसपछी भैरहवा क्षेत्रका करिब ६० वटा संघसंस्थाको ब्यानर देखिएका छन् । रयालीमा मधेसी, मुश्लिम, महिला, दलित, आदीबासी जनजाति समुदायको उल्लेख्य सहभागिता देखिएको छ ।

भैरहवाको लुम्बिनी गेटबाट शुरु भएको र्याली अहिले ब्रमेलीटोल, नारायणस्थान, मिलनचौंक बै.करोड, देवकोटाचौंक हुदै बुद्धचौंक तर्फ हिडिरहेको छ । लुम्बिनीरोडबाट निस्केको रयालीको अग्रभाग मिलनचौंक पुग्दा पछिल्लो भाग नारायणस्थान सम्म देख्न सकिन्थ्यो ।

भैरहवामा सामाजिक सद्भाव र एकताको लागि उद्योग वाणिज्य संघले आह्वान गरेको उक्त दबाब मूलक कार्यक्रममा देखिएको मान्छेहरुको उपस्थित संख्यालाई आंकलन गर्दा सबै आश्चर्यचकित भएका छन् ।

rally-agnaist-govenrment-in-bhairahwa-16

स्वतःस्फूर्त रुपमा निस्केको हजारौं मानिसहरुको सहभागितासहितको दबाब मूलक र्यालीले सरकारले प्रस्ताव गरेको संविधान संशोधन फिर्ता लिन शान्तिपूर्ण आह्वान गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जनाए । उनले भने– ‘५ नम्बर प्रदेश टुक्राउने कार्य कदापी हामीलाई स्वीकार्य हुदैंन । किनकी यो क्षेत्र पहाड र तराईको मिश्रणबाट सन्चालित क्षेत्र हो ।’

भैरहवाको जनप्रदर्शनले सरकारको मुटु हल्लाउने एमाले नेता भरत कुमार पोखरेलको दाबी छ । उनी भन्छन्– ‘सरकारले तराईको जिल्ला भैरहवाको र्यालीलाई एक पटक ध्यान पुराएर हेरोस् यहांका जनता के चाहन्छन् । यो जनताको सांकेतिक दबाब हो । यदि सरकार नसच्चिए घोक्रेठ्याक लगाउन समेत हामी तयार छौं ।

मधेस आन्दोलनको बेला लाइफ लाइनको रुपमा रहेको भैरहवालाई पहाडसंग छुट्टाउनु अत्यन्तै निन्दाजनक भएको र्यालीका सहभागीहरुको आक्रोश छ । ‘हिजो मधेस आन्दोलनको नामममा सारा नेपाल ठप्प हुदां यहि भैरहवाले काठमाडौं मात्रै होइन देशलाई सञ्चालन गर्न नाका सहज गरेर योगदान दियो । आज सीमित मधेसी नेताको स्वार्थपूर्ति गर्न भैरहवालाई पहाडसंग अलग्गाउने ।’ भन्दै जनता सरकारसंग प्रश्न पनि गरिरहेका छन् ।

rally-agnaist-govenrment-in-bhairahwa-1 rally-agnaist-govenrment-in-bhairahwa-2 rally-agnaist-govenrment-in-bhairahwa-3  rally-agnaist-govenrment-in-bhairahwa-5 rally-agnaist-govenrment-in-bhairahwa-6 rally-agnaist-govenrment-in-bhairahwa-7 rally-agnaist-govenrment-in-bhairahwa-8 rally-agnaist-govenrment-in-bhairahwa-10 rally-agnaist-govenrment-in-bhairahwa-13 rally-agnaist-govenrment-in-bhairahwa-14 rally-agnaist-govenrment-in-bhairahwa-15