४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधनविरुद्ध विहानैदेखि नेताहरु सडकमा, विशाल प्रदर्शन हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rupandehi-andolan-1

भैरहवा, २१ मंसिर । सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको भन्दै विगत एक हप्तादेखी चलेको आन्दोलनको उत्कर्ष रुप आज भैरहवामा देखिने गरी आयोजकले तयारी थालेका छन् ।

एक हप्तासम्म नेकपा एमाले र एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियु, युवा संघ नेपाल, अनेम संघ लगायतका भातृ संगठन, राजमो, नेमकिपा, नेकपा माले, नेविसंघ, लगायतले बन्दलाई निरन्तरता दिएको भएता पनि आज मंगलबारको भैरहवाको प्रदर्शनलाई सिद्धार्थ उद्योग वाणिज्य संघले नेतृत्व गर्नेगरी प्रदर्शनको तयारी थालेपछि माहौल नै फेरिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा हुने प्रदर्शनको तयारीलाई सबै संघसंस्था र आम नागरीकले साथ दिने गरी तयारी थालिएको एमाले जिल्ला सदस्य इन्द्रजीत यादवले जानकारी दिए ।

आज मंगलबारको प्रदर्शन ठूलो र भब्य हुने भएकोले व्यवस्थीत गर्नकोलागी युवा र विद्यार्थिलाई स्वयंसेवकको रुपमा खटाई शान्तिपुर्ण बनाइने गरी तयारी भएको एमाले युवा नेता धुब्र अधिकारीले बताए । अधिकारी सहितका एमाले नेताहरु पुस्पान्जली उपाध्यय, हरि अधिकारी, राजेन्द्र प्रसाद पन्थि, घनेन्द्र विक्रम पाण्डे, हितराज पन्थि, जिवलाल अर्याल ,भरत कुमार पोखरेल, थानेश्वर पौडेल, उमा काफ्ले, सुर्वणा कुवंर, अरुण पन्थि, चक्र बहादुर थापा लगायतका नेताहरु विहानै देखी भैरहवाको बुद्धचोंकमा खटिएका छन् ।

आन्दोलनकारीहरुले अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दुधका गाडी, फलफुल तरकारीका गाडी, शब बाहन लगायतलाई भने छुट दिएका छन् । अहिले साढे ११ बजेदेखी भैरहवामा विशाल जनप्रदर्शन निकालिने तयारी भएको र सोही अनुसार भैरहवा क्षेत्रका संघसंस्थाहरु सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा आयोजित रयालीमा सहभागी हुने आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष जिवलाल अर्यालले जनाए ।

यता, भैरहवादेखी ८ किलोमिटर पूर्व धकधईमा संविधान संशोधनको पक्षमा आमसभा गरिने भएको छ । सो सभालाई नयां शक्ति नेपालका मातृका यादव तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठी लगायतले सम्बोधन गर्ने भएका छन् ।

एकातिर संविधान संशोधको पक्षमा आमसभा र अर्कोतर्फ विपक्षमा प्रदर्शन हुँदा आज भैरहवमा सुरक्षा संवेदनशिलता बढेर गएको छ । जसको कारण विहानैदेखी भैरहवा क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो देखिएको छ ।

को–को सहभागी हुँदैछन् ?

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा हुने संविधान संशोधन विरुद्धको प्रदर्शनमा रुपन्देहीका सिद्धार्थ होटल एशोसियसन (सान), प्राध्यापक संघ, सिद्धार्थ साहित्य परिषद, उद्योग व्यापार संगठन, मदिरा व्यवसायी संघ, सामूहिक विद्यालय परिवार, हिसान रुपन्देही, प्याब्सन रुपन्देही, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ, हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, भैरहवा मर्निङवाक ग्रुप, अन्तर्राष्ट्रिय साहित्यीक सम्मेलन, रुपन्देही पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, त्रिवि प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पस, प्रगतिशील प्राध्यापक संघ, नमुना एकीकृत विकास परिषद, गुल्मेली सम्पर्क समाज, लगायतका संघसंस्थाले ब्यानर र राष्ट्रिय झन्डा सहित सहभागिता जनाउने भएका छन् ।

rupandehi-andolan  rupandehi-andolan-2 rupandehi-andolan-3