४ मंसिर २०८३, शुक्रबार

राप्रपा राष्ट्रियताको पक्षमा छ, संशोधन स्वीकार्न सकिँदैन : प्रवक्ता श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajaram-shrestha-rppकाठमाडौं, २१ मंसिर । राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले सीमाङ्कनको विषयलाई सहमतिविनै चलाएर सरकारले ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता श्रेष्ठले भने, ‘दलहरूले जानीजानी अरिङ्गालको गोलोमा हात हालेका छन् । पहिला सहमति गर्नुपर्ने विषय चलाउँदा विरोध हुन्छ ।’ उनले राप्रपासँग संविधान संशोधनका विषयमा सरकारले कुनै पनि विषयमा सल्लाह नगरेको दाबी गरे ।

सीमाङ्कन र हिन्दी भाषाको विषय जसरी आएको छ त्यसलाई राप्रपाले स्वीकार गर्न नसक्ने उनको भनाइ छ । ‘यो संशोधनलाई मान्न सकिँदैन’, उनले भने, ‘राष्ट्रियताको सलावमा राप्रपाले सरकारको विषयलाई गौण मान्छ ।’

‘जसका लागि संविधान संशोधन भनेको हो उनीहरू नै विरुद्धमा छन्’, राप्रपाका प्रवक्ता श्रेष्ठले भने, ‘हामी राष्ट्र र जनताको पक्षमा छौँ । राष्ट्रियता कमजो हुन दिने छैनौँ ।’