मुम्बई । बलिवुड अभिनेत्री प्रीति जिंटाका भाईले न्यू शिमलाको पिस्टलमा आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।
नितिन फिल्म अभिनेत्री प्रीति जिंटाका सानिामाका छोरा अर्थात भाई हुन् । हिमुडाका उपाध्यक्ष यशवंत छाजटका उनी भाञ्जा पनि हुन् । उनको आत्महत्या प्रकरणले बलिउडमा प्रीति जिंटालाई सहानुभूति दिनेहरूको लाइन बढेको छ ।
अनुसन्धानका क्रममा पुलिसले गाडीबाट सुसाइड नोट बरामद गरेको छ । सुसाइड नोटमा नितिनले ससुरालीलाई आत्महत्या गर्न बाध्यन बनाएको आरोप लगाएका छन् । पुलिसले ससुरालीलाई नितिनलाई आत्महत्या गर्न उकासेको अभियोगमा मुद्दा दर्ता समेत गरेको छ ।
पुलिसले मृतक नितिनसँग रहेको २ सुसाइड नोट बदारम गरेको छ ।
सुसाईड नोटमा नितिनले ससुरालीका तर्फबाट पीडा दिएको आरोप लगाएका छन् । सोही कारण आफूले आत्महत्या गरेको नितिनको भनाइ छ । सुसाइड नोटलाई ल्याब परीक्षणका लागि फोरेन्सिक ल्याब पठाइएको छ । – एजेन्सी















प्रतिक्रिया