१ कार्तिक २०८३, आइतबार

तमिलनाडुमा तीस वर्ष एकछत्र राजनीति गरेकी मुख्यमन्त्री जयललिताको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jayalalitaनयाँदिःल्ली, २१ मंसिर । भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको छ । सोमवार राति करीब ११ः३० बजे चेन्नई के एक निजी अस्पतालमा उनको निधन भएको हो ।

जयललिता गत २२ सेप्टेम्बरमा अपोलो अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई आइतबार राति हृदयघात भएको थियो ।

जयललिता तमिलनाडुकी एक लोकप्रिय नेतामा थिइन् । विशेष गरेर जयललिताले गरिव जनताको भावना र मन जितेकी थिइन् । जयललिता सोही कराण तीन दशकसम्म तमिलनाडुमा एकछत्र राजनीतिक गर्न सफल भइन् ।

अपोलो अस्पतालले वक्तव्य जारी गरेर जयललिताको सोमवार रात साढे ११ बजे निधन भएको जनाएको छ ।

उनको निधनसँगै पार्टी मुख्यालयमा अन्नाद्रमुक विधायकहरूको बैठकले जयललिताका उत्तराधिकारीको चयन समेत गरेको छ । बैठकले जयललिताको निकट मानिने ओ पन्नीरसेल्वमलाई मुख्यमन्त्री चयन गरेको छ । उनले मंगलबार बिहान करीव १ बजे पदको सपथ पनि लिएका छन् ।

मिलनाडुमा करीब ५ महिना पहले राज्य विधानसभाको चुनावमा अन्नाद्रमुक पार्टीलाई जयललिताले ऐतिहासिक जीत दिलाएकी थिइन् ।

जयललिता गत ११ सेप्टेम्बरका दिन रुघाखोकी, ज्वरो र निर्जलीकरणका कारण अस्पताल भर्ना भएकी थिइन् ।

सरुवाती दिनमा जयललिता अभिनेत्री थिइन् । सन् १९९० को दशकमा उनी अन्नाद्रमुकको प्रचार सचिवमा नियुक्त भइन् । ब्राम्हण परिवारमा जन्मिएकी जयललिताले सधै दलित र पिछडिएको समुदायको सेवामा काम गरेकी थिइन् । – एजेन्सी