१९ कार्तिक २०८३, बिहिबार

अस्पतालमा सफाई र रेडक्रसमा रक्तदान गर्दै निड्सले मनायो स्वयंसेवक दिवस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

needs

महेन्द्रनगर, २० मंसिर । राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (निड्स) कञ्चनपुरले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा सरसफाई, बिरामीलाई फलफुल वितरणका साथै रक्तदान गरी निड्सले स्वयंसेवक दिवस मनाएको हो ।

निड्स कञ्चनपुरका अध्यक्ष प्रयागराज रेग्मीले स्वयंसेवक दिवसमा समाजिक क्षेत्रमा काम गर्ने युवाहरुले स्वःस्फूर्त रुपमा सरसफाई गरेको बताए । निड्स नेपालमा आबद्ध युवाहरुले अस्पताल बाहिर रहेको घाँसझाडी सफाई गरेका थिए ।

उनका अनुसार अस्पतालका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको छ । ७ कुपोषित बालबालिका र ३० जना बेड भर्ना बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

यस्तै जिल्लाको उत्तरी क्षेत्रको रौटेलास्थित बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई समेत फलफुल वितरण गरिएको छ ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि स्वयंसेवक दिवस मनाउन थालेपछि नेपालमा पनि यो दिवस मनाइँदै आएको बताए । ‘यसका युवाहरुले समाजिक काममा आफै अग्रसर हुन्छन्,’ उनले भने ‘जसले कुनै पनि काम गर्नका लागि युवाहरुलाई उत्प्ररित गर्छ ।’

स्वयंसेवाले समुदाय र राष्ट्र विकास र निर्माणमा सहयोग पुगाउने र असहाय र पहुँच नभएकाहरु सहयोग पुग्ने मान्यतासहित यो दिवस मनाउन थालिएको रेग्मीले जानकारी दिए ।

यसैबीच निड्स नेपालले दिवसकै अवसरमा रक्तदान समेत गरेको छ । निड्स नेपालका अध्यक्ष प्रयाग रेग्मीका अनुसार नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरमा रक्तदान समेत गरेको छ । निड्सका निर्वतमान अध्यक्ष विमल शाह लगायतले रक्तदान गरेका थिए । समाजिक सेवा गर्ने उद्देश्यले युवाहरुले स्वत रुपमा रक्तदान गरेका छन् ।