१९ कार्तिक २०८३, बिहिबार

संविधान संशोधन प्रस्तावविरुद्ध बर्दियाबासी पनि आन्दोलनमा

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-b-1

– सुदीप अधिकारी

बर्दिया, २० मंसिर । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्रयाउने गरी गरिएको संविधान संशोधन प्रस्तावको विरुद्धमा बर्दिया जिल्लामा पनि सोमबारदेखि आन्दोलन सुरु भएको छ ।

नेकपा एमालेको नेतृत्वमा केही राजनीतिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाजलगायतको आह्वानमा संशोधन प्रस्तावको विरुद्धमा आन्दोलन सुरु गरिएको हो ।

आन्दोलनमा नेकपा एमालेका कार्यकता, विद्यार्थी संघ, संगठन, उद्योगी ब्यापारी, संघ, संस्था, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो ।

संशोधन प्रस्तावको विरोधमा सोमबार विहानैदेखि सदरमुकाम गुलरिया बजार बन्द गरियो । बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन चलेनन् । बजार पूर्णरुपमा बन्द रह्यो । उद्योग, कलकारखान पनि चलेनन् ।

दिउसो ११ बजेदेखि २ बजेसम्म ३ घण्टा नारा जुलुस गर्दै बजार परिक्रमा गरिएको थियो । दिउसो २ बजे जुलुस कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बर्दिया अध्यक्ष हरि ज्ञवालीले संसोधन प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताएका थिए । सरकारले तत्काल प्रस्ताव फिर्ता लिएर निकास दिनु पर्ने अध्यक्ष ज्ञवालीको भनाई थियो । विरोध कार्यक्रममा सर्वसाधारण सबै उपस्थित हुन उनले अपिलसमेत गरे । संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलान जारी रहने बताइएको छ ।

गत मंगलबार सरकारले दर्ता गरेको दोस्रो संशोधनमा प्रदेश–५ मा रहेका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रुकुम (पूर्वी भाग) र रोल्पालाई प्रदेश नम्बर चारमा मिसाईएको कारण विरोध सुरु भएको हो । संसदमा पेश गरिएको प्रदेश–५ मा पहाडी जिल्लालाई तराइबाट अलग गरी ६ जिल्ला कायम गरिएको छ । जसमा नवलपरासीको केही भाग, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया कायम गरिएको छ ।