४ मंसिर २०८३, शुक्रबार

राष्ट्रघाती संशोधनविरुद्ध एमालेले ‘रोष्टम’ घेराउ गर्ने, झन् संकटमा परे प्रधानमन्त्री

54.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २० मंसिर । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधन विरुद्धको आन्दोलनलाई थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले संसदमा पनि संशोधनविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

‘राष्ट्रघाती संशोधन बिधेयका विरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने बारेमा छलफल भयो’, सचिव भट्टराईले भन्नुभयो, ‘संसदभित्रको बिरोधलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।’ यसका लागि संविधान संशोधनको विपक्षमा रहेका दल र सांसदहरूसँग एमालेले परामर्श गर्नेछ ।

संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै विरोध चर्किएका बेला आकस्मिक रुपमा बसेको स्थायी समितिले बैठकले संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुन गरेको निर्णयसँगै सरकारलाई थप कठिनाइ हुनेछ ।

स्रोतका अनुसार एमालेले संविधान संशोधनको प्रस्तावलाई संसदमा टेबुल हुनै नदिने निर्णय गरेको छ । त्यसका लागि संसद बैठक अवरुद्ध गर्नुका साथै रोष्टम समेत घेराउ गर्ने तयारी गरेको बुझिएको छ ।