४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधनविरुद्ध भैरहवाका संघसंस्था एकजुट, जनतासँगै आन्दोलनमा उत्रिए

47.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rupandehi-andolan

भैरहवा, मंसिर २० । पाँच नम्बर प्रदेश टुक्राउने गरी आएको संविधान संशोधनको प्रस्तावविरुद्ध भैरहवा क्षेत्रका संघ संस्थाहरु एक भएर विरोधमा उत्रिएका छन् ।

आइतबार रुपन्देहीको भैरहवामा मधेसी मोर्चाले पत्रकार सम्मेलन गरेर पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलनलाई औचित्यहिन भन्दै तत्काल नरोके प्रतिकार गर्ने चेतावनी दिएको भोलिपल्टै भैरहवाका जनता र पार्टीसँगै उद्योगी व्यवसायी र संघसंस्था पनि आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले संसदमा दर्ता गरेको प्रस्तावले राष्ट्रिय अखण्डता र सामाजिक सद्भावमा खलल पुर्याउने हुँदा तत्काल सो प्रस्ताव फिर्ता लिन आह्वान गर्दै सोमबार भैरहवामा क्रियाशील सामाजिक संघसंस्थाले शान्तिपूर्ण रुपमा विरोध गर्ने जनाएका छन् । उनीहरुले मंगलबार सरकारले संसदमा पेश गरेको प्रस्तावको विरुद्धमा शान्तिपुर्ण विरोध र्याली समेत निकाल्ने तयारी समेत गरेका छन् ।

rupandehi-andolan-1

मंगलबारको विरोध र्यालीको नेतृत्व सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले गर्ने गरी संघको बैठकले निर्णय गरेको अध्यक्ष रामकुमार शर्माले जनाए ।

अध्यक्ष शर्माले सार्वजनिक रुपमा आह्वान गर्दै भनेका छन्, “मंगलबारको र्यालीमा सम्पूर्ण उद्योगी, व्यवसायी, संघ, संस्था, विद्यालय तथा आमनागरिकमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ ।”

संघको आह्वान अनुसार सोमबार भैरहवामा क्रियाशील सामाजिक संघ संस्थाको बैठक सम्पन्न भएको छ ।

नेपाल प्राध्यापक संघका केन्द्रिय सदस्य भरत कुमार पोखरेलको अगुवाइमा भएको बैठकले सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा मंगलबार भैरहवामा हुन गइरहेको शान्तिपूर्ण विरोध र्यालीमा सबै संघसंस्थाले ब्यानरसहित सहभागिता जनाउने निर्णय गरेका छन् ।

bhairahawa

बैठकमा प्राध्यापक संघ, सिद्धार्थ साहित्य परिषद, उद्योग व्यापार संगठन, मदिरा व्यवसायी संघ, सामूहिक विद्यालय परिवार, हिसान रुपन्देही, प्याब्सन रुपन्देही, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ, हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, भैरहवा मर्निङवाक गु्रप, सिद्धार्थ उद्योग वाणिज्य संघ, अनेसास, रुपन्देही पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, सिद्धार्थ होटल एशोसिएसन, अंकुर नेपाल, त्रिवि प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पस, प्रगतिशील प्राध्यापक संघ, नमुना एकीकृत विकास परिषद, लगायतका २६ वटा संघसंस्थाले सिद्धार्थ उद्योग वाणिज्य संघले आह्वान गरेको शान्तिपूर्ण र्यालीमा सहभागिता जनाउने निर्णय गरेका हुन् ।

सो अवसरमा बोल्दै संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले ५ नं प्रदेश टुक्राउने गरी सरकारले ल्याएको प्रस्ताव फिर्ता नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने समेत निर्णय गर्दै राष्ट्रिय महत्वको विषयमा सिद्धार्थ उद्योग वाणिज्य संघले अगुवाई गरेकोमा संघप्रति आभार समेत व्यक्त गरेका छन् ।

relege