– जानु पाण्डे
कपिलवस्तु, २० मंसिर । चारै तिर भरी भराउ दर्शक, आर्कशक तरीकाले सजाईएका स्टलमा रहेका सामाग्रीहरु देख्दा कपिलवस्तुको महाराजगंज स्रोतकेन्द्रको माहोल रंगिन वनेको थियो । बालबालिका तथा शिक्षकबाट निमार्ण भएका रंगी चंगी सामाग्री दर्शकका आर्कषणका केन्द्र वनेको थियो । कागजबाट बनेका फुलहरु भर्खर फुलेका जस्ता देखिन्थे । कागजको धरहरा, ब्याट्रिबाट चल्ने सामागीहरु काठबाट वनेका आकृतीहरु बालबालिकाले खेल्ने खेलौनाहरु हेर्न बालबालिकाको भिड नै लागेको थियो । प्रर्दशित सामाग्रीले बालबालिका तथा दर्शकको आखाँ लोभाएको थियो । खेर जाने कवाड वनेका सामाग्रीबाट शैक्षिक सामाग्री निमार्ण गरी अध्यापन गराउदै गरेको दृश्य व्यापार, प्रर्यटनका लागी गरीने ठुलै महोत्सव भन्दा कम महत्वको थिएन ।
प्रसंग हो जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले आयोजना र महाराजगंज स्रोत केन्द्रको संमन्बयमा गरीएको स्रोत केन्द्र स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी तथा सास्कृतिक प्रतियोगीता को । सेभ द चिल्ड्रेन को आर्थिक सहयोगमा बिद्यालयमा शैक्षिक सामाग्रीको पहुच र प्रयोग गराउने उद्धेश्यले गरीएको प्रर्दशनीमा दर्शकको रोजाईमा परेको थियो । प्रर्दशनी हेर्न महाराजगंज गाविस र त्यस वरपरका स्थानियको भिड लागेको थियो । स्कुले बालबालिकाहरु चारै तिर रंगी विरंगी सामाग्री हेर्न लाम लागेर आएका थिए । अभिभावक तथा विभिन्न विद्यालयका शिक्षक राम्रा सामाग्रीको तस्विर खिचाउन व्यस्त भएका थिए ।
प्रतियोगीतामा उत्कृष्ठ हुनका लागी विद्यालयले धेरै सामाग्रीहरु निमार्ण तथा संकलन गरी भाग लिएका थिए । कम खर्चमा र फालिएका कबाडबाट समेत सामाग्री वनाई पर्दशन गरीएको थियो । बाल विकास, आधारभुत तह र माध्यमिक तह गरी ३ विधाका समाग्री र शैक्षणिक कृयाकलापमा त्यसको प्रयोगको बारेमा दर्शकहरुलाई जानकारी समेत गराईएको थियो ।

“हामीले विद्यालयमा अध्यापनका क्रममा प्रयोग हुने शैक्षिक सामाग्री र १५ दिन मेहनत गरेर शिक्षक तथा विद्यार्थीको सहयोगमा निमार्ण गरेका सामाग्री प्रर्दशन गरेका छौं । सामाग्रीहरु धेरै जसो सिकाईका लागी प्रयोग हुने खालका छन” सरस्वती नि.मा.वि. महुवाका प्र.अ. मिना गिरी बताउनु हुन्छ । “गत बर्ष देखि सामाग्री निमार्ण र सास्कृतिक कार्यक्रमका विधालाई मुल्याकन गरी पुरस्कृत गर्ने गरीएको छ । विगत का वर्षमा भन्दा यस वर्ष थप उपलव्धी मुलक वनेको छ । प्रतियोगीताको माध्यमबाट शैक्षिक सामागैी संकलनमा सहयोग समेत पुराएको र शौक्षिक सामाग्री निमार्ण गर्ने संस्कृतीको विकास भएको जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका सहायक जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसाल वताउनु हुन्छ ।”
महाराजगंज स्रोत केन्द्रका ६५ विद्यालय मध्ये ४८ आधारभुत , ९ मा.वि र २७ बाल विकास केन्द्र र २ मदरसाले भाग लिएको महाराजजंग स्रोत केन्द्रमा स्रोत व्याक्ति हरि राम गुप्ताले वताउनु भयो । सवैको सहयोगले जिल्लामा शिक्षाको पहुचमा वृद्धी भएको गुप्ताको भनाई थियो ।
हामीले वर्षै बाट गरेको फल प्राप्त भएको छ । बालविकास केन्द्रमा सामाग्रीको प्रयाप्ताता वढेकोले खुसी बनाएको सेतो गुरास कपिलवस्तुका फिल्ड संयोजक अनिता शर्माले बताउनु भयो । कार्यक्रममा बाल विकास तर्फ प्रथम महुवा वावा बाल विकास केन्द्र, दोस्रो सरस्वती बाल विकास,तेस्रो भागीरथी बाल विकास, सांतवना प्युसराज बाल बिकास स्थान हासिल गरेको थियो । बालविकास केन्द्रलाई सेतो गुरास वाल विकास सेवाले पुरस्कारको व्यवस्था गरेको थियो ।
आधारभुत तर्फ सरस्वती निमावी प्रथम, दुर्गा भवानी कन्या निमावि महाराजगंज, राधेश्याम निमावि जमुनी र सांतवना अरेविया अहले सन्नत प्रा.वि महुवा मा.वि तर्फ जानकी मा.वि. महाराज गंज प्रथम, न्यु शिशु ई वो स्कुल दोस्रो , रंगीलाल मा.वि तेस्रो, मा.वि महुवा वावा सांतवना भएका छन ।
सांस्कृतिक कार्यक्रम अन्र्तगत आधारभुत तर्फ जानकी उच्च मा.वि महाराजगंज प्रथम, सरस्वती विद्या मन्दिर गैडहवा दोसो, सरस्वती निमावि महुवा तेसा्रे ,सांतवाना दुर्गा भवानी कन्या निमावी, मा.वि तर्फ न्यु शिशु बो. स्कुल प्रथम, जानकी उच्च मावि दोस्रो, मा वि महुवा वावा तेस्रो, भद्र उच्च मावि सांतवाना स्थान हासिल गरेको थियो । कार्यक्रम जिल्लाको १० बटा स्रोत केन्द्रमा हुने छ ।













प्रतिक्रिया