४ मंसिर २०८३, शुक्रबार

सीमांकनका नाममा आपसमा मिलेर बसेका जनतालाई फेरि लडाउनु हुँदैन्ः शान्ता चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta-chaudhary

दाङ, २० मंसिर । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले प्रदेश नम्बर ५ लाई जुनसुकै बहानामा विभाजन गर्न नहुने बताएकी छन् ।

थारु आन्दोलनको अगुवा समेत रहेकी उनले आदिवासी, थारु र जनजातिलाई सीमांकनका नाममा लडाउने खेल सुरु भएको भन्दै यसमा सचेत हुन आग्रह गरेकी छन् ।

७ प्रदेशका आधारमा पाँच नम्बर प्रदेशमा गरिएको सीमांकनलाई अहिले हेरफेर गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पुरानैलाई आधार बनाएर अघि बढ्नुपर्ने उनको भनाई छ ।

सरकारले जनभावनाविपरित प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग गरी सीमांकन हेरफेर गर्न खोजेपछि त्यसमा प्रतिक्रिया जनाउँदै कमलरी समुदायबाटै पहिलो सांसद समेत बन्न सफल पूर्व सांसद चौधरीले सीमांकनकै विषयलाई लिएर कैलालीमा भएको हिंसात्मक घटनाले जनधनको क्षति भएकोप्रति दलहरुलाई सचेत हुन अनुरोध समेत गरेकी छन् ।

उनले सीमांकनका नाममा आपसमा मिलेर बसेका जनतालाई लडाउन नहुनेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराएकी छन् । ‘फेरि पनि जनतालाई सीमांकन हेरफेरका नाममा लडाए देश ठूलो दुर्घटनामा फस्छ,’ चेतावनी दिँदै उनले भनिन् ।

थारु र आदिवासी जनजातिलाई केही शक्ति र पार्टीले प्रदेश नम्बर ५ को सीमांकनलाई लिएर आपसमा झगडा गराउन उद्धत रहेको र यसमा सबै सचेत हुनुपर्नेमा शान्ताले जोड दिइन् ।

प्रदेश नम्बर ५ को सीमांकनलाई चलाउनुपर्ने आवश्यकता नरहेको र सीमांकन हेरफेर गर्ने कुरामा यहाँका जनताले अस्वीकार गरिसकेको भन्दै संविधान संशोधन फिर्ता लिनुमै सबैको भलो हुने उनको सुझाव छ ।