१ कार्तिक २०८३, आइतबार

एमाले स्थायी कमिटी बैठक जारी, संशोधन प्रस्ताव विफल पार्ने रणनीति बनाउँदै

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Sharma Oli in UML parliamentary party meeting

काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

पछिल्लो समग्र विषयमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो साढे १२ बजेपछि बैठक बसेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठकले सरकारले ल्याएको संविधान संशोधन विधेयक असफल पार्ने रणनीति तय गर्नेछ । ‘संविधान संशोधन प्रस्ताविरुद्ध कसरी अघि बढ्ने, पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलन र अन्य दलहरुसँग भएको छलफल लगायत विषयमा समिक्षा हुन्छ,’ भट्टराईले भने– ‘देशको समग्र विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्छौं ।’

यसअघि आइतबार राति विशेष पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले संशोधन प्रस्तावलाई संसदमा छलफलै हुन नदिने एमालेको तयारी रहेको सुनाएका थिए ।