१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियु पाँचथरमा कुरुमबाङ सर्वसम्मत

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annsfu-pachthar

– कृष्ण ओझा

पाँचथर, २० मंसिर । पाँचथरमा एमाले निकट अनेरास्ववियु सत्रौं जिल्ला अधिवेशनले दिलसम कुरुमबाङलाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको छ ।

३१ सदस्य कमीटी सर्व सहमतिले चयन भएको हो । निर्वाचित कमिटीमा उपाध्यक्ष नारायण सुवेदी, सचिव योगेन्द्र बेघा, सहसचिव सक्रिय महिला नेतृ बिजु राई, राजेन्द्र आङदम्बे, राजेन्द्र राईले जिम्मेवारी पाएका छन् ।

कोध्यक्षमा कबिता चापागाई बनेकी छन् । अन्य सदस्यहरुमा प्रकाश पौडेल, ज्ञानु खाती, सूरेश लिगदेन, पृथ योङहाङ, सम्भूपाङलूवा, अर्चना गुरुङ लगायत ३१ सदस्य निर्वाचित भएको प्रेस चौतारीका अध्यक्ष तुलसी थापाले बताए ।

मंसिर १७ गते देखि चलेको अधिवेन सोमबार साँझ सकिएको छ । पाँचथरमा गुटको प्रभाव परेकाले नेतृत्व चयन गर्न समय लागेको एक नेताले बताए ।