दाङ, २० मङ्सिर । गोली प्रहार गरी आइतबार साँझ दाङमा एक महिलाको हत्या भएको छ ।
दाङको त्रिपुर–३ निवासी विक्रम थापाले पारिवारिक विवादमा आफ्नै भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताव सिंहले बताउनुभयो ।
साँझ ५ः३० बजेको समयमा उनको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त थापा फरार रहेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया