१९ कार्तिक २०८३, बिहिबार

सेती अञ्चलमा लाइसेन्स लिखित परीक्षाको परीक्षाफल प्रकाशित

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yatat-seti-resultधनगढी, २० मंसिर । यातायात व्यवस्था कार्यालय सेतीले मोटरसाइकल स्कुटर सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

गत कात्तिक पहिलो हप्तामा लिइएको मोटरसाइकल चालकको अनुमतिपत्र परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।

लिखित परीक्षामा सहभागी भएका १२ हजार परीक्षार्थीमध्ये आठ हजार परीक्षार्थी उत्तिर्ण भएको यातयात व्यवस्था कार्यालय सेती अञ्चल धनगढीले जनाएको छ ।

लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको यही मंसिर २८ गतेदेखि पौष ७ गतेसम्म प्रयोगात्मक (ट्राइल) परीक्षा संचालन हुने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिए ।

मोटरसाइकल स्कुटर सवारी चालकको अनुमतीपत्र (लाइसेन्स) लिखित परीक्षाको परीक्षाफल यातयात व्यवस्था विभागको वेभसाइट WWW.dotm.gov.np मा पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ ।