नयाँदिल्ली, २० मंसिर । भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जे. जयललितालाई हृदयघात भएको छ । विभिन्न समस्याका कारण अस्पताल भर्ना भएकी जयललितालाई उपचारकै क्रममा हृदयघात भएको जनाइएको छ ।
उनलाई आइतबार साँझ हृदयघात भएको हो । अस्पतालमा उपचाररत जयललिताको स्वास्थ्य अवस्था गम्भीर रहेको सहयोगीहरूले बताएका छन् ।
अपोलो अस्पतालले वक्तव्य जारी गरेर भनेको छ, ‘तमिलनाडुकी मुख्यमन्त्री जसको अपोलो अस्पतालमा उपचार भइरहेको छ, उहाँलाई आइतबार साँझ हृदयघात भएको छ ।’
६८ वर्षीया जयललितालाई हृदयघात भएको खबर पाउनेवित्तिक चेन्नईस्थित अपोलो अस्पतालको परिसरमा शुभेच्छुकहरूको ठूलो भीड जम्मा भएको थियो । – एजेन्सी















प्रतिक्रिया