१ कार्तिक २०८३, आइतबार

‘रसियाली हवाई आक्रमण’बाट सिरियामा छ्यालिसको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siriyaबेरुत (लेवनान), २० मंसिर । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

मानवअधिकारवादी संस्थाले घटनामा रसियाली पक्षको हात रहेको हुनसक्ने जनाएकोे छ ।

इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको पनि बताइएको छ । – एएफपी