– हरि अधिकारी
कपिलवस्तु, १९ मंसिर । प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा चरणबद्ध आन्दोलन गदैं आएका कपिलवस्तुका राजनितिक दलले आजपांचौ दिनबाट अनिश्चिकालीन जिल्ला बन्द घोषणा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता गरिएको संसोधन दर्ता फिर्ता गर्नुको सट्टा हिजो शनिवार पार्टि केन्द्रिय समितिकै बैठकबाट प्रस्ताव फिर्ता नलिने बताएपछि ५ नम्वर प्रदेशका स्थानीयबासिन्दा झनै आक्रोशित भइ कडा आन्दोलन सहित अनिश्चितकालका लागि कपिलवस्तु लगायतका जिल्ला बन्द गरेका छन् ।
बन्दको समर्थनमा विहानैदेखी एमाले, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नागरिक समाज, बुद्धिजिवी, युवाविद्यार्थी, विभिन्न संघसंस्था लगायत सडकमा उत्रेका छन् । बन्दका कारण आज कपिलवस्तुमा यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएका छन् । प्रहरीका अनुसार बन्दका कारण राजमार्गमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । एम्वुलेन्स, दुधका गाडी, प्रेस, विदेशी कुटनितिक नियोगका सवारी साधन भने फाटफुट चलेका छन् ।
पूर्वपश्चिम राजमार्गको पिपरा, ओदारी, बनगाई, गोरुसिंगे, इमिलिया, चन्द्रौटा लगायतका ठाउंमा बन्दकर्ता र स्थानीयबासिन्दा समेत सडकमा उत्रेर ५ नम्वर प्रदेश टुक्राउन नपाउने नाराबाजी गरेका छन् । यसैविच आन्दोलनलाई थप शसक्त पार्न कपिलवस्तुमा विभिन्न राजनितिक दलले सर्वदलिय, सर्वपक्षिय वैठक गरी विभिन्न निर्णय गरेका छन ।
जसअनुसार एमालेका झविलाल पोख्रेल संयोजक र नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरे संहसंयोजक हुने गरि २३ सदस्यीय मुल संघर्ष समिति गठन गरेको छ । संविधान कार्यान्वयको सट बर्तमान पुष्पकमल दाहाल सरकारले एकपछि अर्को राष्ट्रघाति काम गरेको आरोप लगाउंदै ५ नम्वर प्रदेशका जनतामाथि खेलवाडी गरेको आरोप लगाउंदै आफुहरुका माग पुरा नहुंदासम्म अनिश्चितकालसम्म कपिलवस्तु जिल्ला बन्द जारी रहने सघर्ष समितिका संयोजक झविलाल पोखरेलले जानकारी दिएका छन् । यसैबीच ५ नंम्बर प्रदेश टुक्राउने विरुद्ध कपिलवस्तुमा आन्दोलन शसक्त पार्न सर्वदलिय, सर्वपक्षिय वैठकले विभिन्न निर्णय गरेका छन । जसअनुसार एमालेका झविलाल पोख्रेल संयोजक र नेपाली कांग्रेसका नेता डोलकराम घिमिरे संहसंयोजक हुने गरि संघर्ष संचालन मुल समिति गठन गरेको छ ।
कपिलवस्तुको चारनम्बर बसेको वैठकले संघर्ष समितिमा विभिन्न राजनैतिक दलका तर्फबाट प्रतिनिधि तय गरिएको छ । जस अनुसार नेपाली कांग्रेसका तर्फबाट हरिराज घिमिरे, कृष्ण बन्जाडे, एमालेका नेत्रराज अधिकारी , पिताम्बर खनाल, कृष्ण भट्टराई, मालेका शंकर आचार्य, राष्ट्रिय जनमोर्चाका तर्फबाट हिमलाल वाग्लेलाई संघर्ष समितिमा राखिएको छ ।
त्यसैगरि नागरिक तथा सामाजिक संघ संस्थाका तर्फ बाट दोलखवहादुर पछाई, सरोज खनाल, अजय थापा, रुकवहादुर भुषाल, पोमनारायण पौडेल, महादेव पोख्रेल, पार्वती पाण्डे, शान्तिदेवी हरिजन, हेमनाथ ज्ञवालीलाई संघर्ष समितिमा राखिएको छ । संघर्ष समितिको वैठकले आन्दोलनका विभिन्न कार्यक्रमहरु समेत तय गरेको छ । जस अनुसार हरेक दिन विहान ८ वजे देखि वेलुका ४ वजे सम्म १९गते देखि अनिश्चितकालिन राजमार्ग क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । त्यसैगरि जिल्ला भित्रका सम्पुर्ण उद्योग धन्दा, कलकारखाना, शिक्षण संस्था र सरकारी कार्यालयहरु पुर्ण रुपमा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसैविच नेपाल शिक्षक महासंघ र शिक्षक संगठनले एक प्रेश विज्ञप्ती जारी गरि विसम परिस्थितीका कारण सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा अर्को सुचना जारी नहुदा सम्म परीक्षा संचालन नहुने जानकारी गराईएको छ ।













प्रतिक्रिया