काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा राष्ट्रपति भवन शितल निवासमा सर्वदलीय बैठक चलिरहेको छ ।
सरकारले संविधान संशोधन प्रस्ताव ल्याइसकेपछि बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन, स्थानीय निर्वाचन लगायत विषयमा छलफल भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बैठकमा प्रमुख तीन दल कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत अन्य दलका शीर्ष नेताहरु सहभागी छन् ।
संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि प्रमुख राजनीतिक दलहरु विभाजित भएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाले लगायत केही पार्टी संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर सडक र सदनमा आन्दोलन गरिरहेका छन् भने सत्ता पक्ष संशोधन गराएरै छाड्ने अडानमा छन् ।
यसैबेला दलहरुबीच देखिएको अन्तरविरोध हटाएर सहमति कायम गराउने प्रयासमा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् ।



















प्रतिक्रिया