काठमाडौं, १९ मंसिर । संविधान संशोधनविरुद्ध आन्दोलन होमिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका सचिव आरसी लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विवादास्पद बयान दिएका छन् ।
लामिछानेले शनिबार युवा संघ र अनेरास्ववियुद्धारा भारतीय राजदूतावासअगाडि संयुक्त रुपमा आयोजित विरोध प्रदर्शन स्थलमा लामिछानेले दुई दिनभित्र संविधान संशोधन प्रस्ताव फिर्ता नलिए प्रधानमन्त्री ‘प्रचण्ड’ को टाउको काटेर फुटबल खेल्ने अभिव्यक्ति दिएका हुन् ।
संशोधन प्रस्ताव बुटवलको जनसागरले खारेज गरिरहेको भन्दै उनले जनताको अलिकति पनि माया भए प्रस्ताव फिर्ता लिएर माफी माग्न प्रधानमन्त्रीलाई सुझाव पनि दिए ।
‘प्रचण्ड यदि तिमीमा अलिकति मात्रै नेपाली जनताप्रति माया छ भने त्यो प्रस्तावलाई अबिलम्ब फिर्ता लिएर नेपाली जनताको बीचमा आऊ माफ माग, मितिलाई क्षमा दिनेछन्,’ उनले भनेका छन्– ‘नत्र जसरी ज्ञानेन्द्रले ऐया भन्न पाएनन । अबको दुई दिनभित्र प्रस्ताव फिर्ता लिएनौ भने तिम्रो टाउको नेपाली जनताले सडकमा फुटबल खेल्नेछन् ।’
हेर्नुस् भिडियोः














प्रतिक्रिया